image
image

तारे होटलमा नेपाली खाना अनिवार्य 

काठमाडौँ।  नेपालमा संचालित पाँचतारे होटलहरुमा नेपाली खाना अनिवार्य राख्नु पर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले 'नेपाल भ्रमण वर्ष २०२०'को प्रचारप्रसार सहित नेपाली मौलिक खानाको समेत प्रचार गर्न लागेको हो। 

यसका लागि मन्त्रालयले सरोकारवालासँग छलफल गरी १५ दिनेभित्रै सो योजना लागू गर्ने गरी मापदन्ड समेत तय गर्ने भएको छ। साथै मन्त्रालयले नेपाली खानाको अन्तर्राष्ट्रियकरणका लागि आवश्यक प्रवर्द्धन र बुकलेट समेत प्रकाशन गर्ने तयारी गरेको छ। यसका लागि भने मन्त्रालयले ३ महिनाको समयसीमा राखेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले सार्वजनिक गरेको वार्षिक कामको सूचीमा अन्तर्राष्ट्रिय चेन होटेल तथा विमान कम्पनीसँग संयुक्त रुपमा नेपाल प्रवर्द्धनका प्याकेज सञ्चालन गर्ने उल्लेख छ। यसका लागि भने एक वर्षको समय लाग्ने मन्त्रालयले जनाएको छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।