image
image

अमेरिकाले नेपाललाई आपत्‌कालीन स्वास्थ्य सामग्री सहयोगको घोषणा

काठमाडौँ, ७, शुक्रबार। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी, (युएसएड) ले नेपाललाई बढ्दो कोभिड कहरको सामना गर्न आपत्कालीन सहयोगको घोषणा गरेको छ । अमेरिकाबाट सहयोग लिएर आएको तीन मध्येको पहिलो विमानमा नेपालका हजारौँ स्वास्थ्यकर्मीहरुका लागि सर्जिकल मास्क, फेस सिल्ड र पन्जा रहेको छ । 

संक्रमण नियन्त्रण गर्न अमेरिकाले नेपाललाई सक्दो मद्दत गर्ने प्रतिबद्धता सहित यस्तो घोषणा गरेको हो । युएसएडले नेपाल सरकारलाई कोभिड परीक्षण, कन्ट्याक्ट ट्रेसिङ अनि उपचारको दायरा बढाउन, यसअघि १ करोड ५० लाख डलर पनि प्रदान गरेको छ । त्यसैगरी अक्सिजन आपूर्तिमा पनि सघाइरहेको छ । 

पछिल्लो १५ महिनामा युएसएडले नेपाललाई कोभिड–१९ सम्बन्धी ५ करोड डलर भन्दा धेरै रकम बराबरको सहयोग प्रदान गरिसकेको जनाएको छ । 

यसरी नेपालको स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउन पछिल्लो २० वर्षमा अमेरिकाले ६० करोड डलर बराबर सहयोग गरिसकेको छ । युएसएडले कोभिड परीक्षणको दायरा बढाउन सिङ्गो ल्याबबाट देशभर ८७ बढी ल्याबहरु स्थापना गर्न मद्दत पुर्याएको हो ।

 गत नोभेम्बरमा मात्र युएसएडले नेपालका ५१ अस्पताललाई १०० भेन्टिलेटर र एम्बुलेन्स सेवा पनि प्रदान गरेको थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।