image
image

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा छुट्टाछुट्टौ रिट

काठमाडौं, ७, शुक्रबार । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट परेका छन्।  संविधानको धारा ७६(५) विपरित प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनका लागि आह्वान गरेको भन्दै सर्वोच्चमा रिट पेश भएका हुन्।

सर्वोच्चमा अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल, नवराज पाण्डे र प्रकृति खड्कालगायतले रिट दायर गरेका हुन्। यद्देपी  रिट सर्वोच्चमा दर्ता गर्न बाँकी रहेको जनाइएको छ। संविधानको धारा ७६ ९३० अनुसार ठूलो दलको नेताको हैसियतले अल्पमतको प्रधानमन्‍त्री बनेका ओलीको सिफारिस बमोजिम राष्ट्रपति विद्या भण्डारीले  ७६ (६) अनुसार नयाँ सरकार बनाउन २१ घन्टे म्यादसहित बिहीबार साँझ अपिल गरेकी छिन्। 

 कानुनविद्ले प्रधानमन्‍त्रीले संसद्‍मा विश्‍वासको मत लिने प्रयास नगरीकन र  राजीनामा पनि नदिइकन नयाँ सरकार बनाउन राष्ट्रपतिले गरेको आग्रह अस्वभाविक र असंवैधानिक रहेको बताएका छन्। विपक्षीहरूले पनि राष्ट्रपति र प्रधानमन्‍त्री दुवै असंवैधानिक बाटोमा अघि बढेको चिन्ता व्यक्त गर्दै यसलाई नसच्चाएर मुलुकमा दुर्घटना हुने चेतावनी दिएका छन्।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।