image
image

भिजिट भिसामा १५ लाखको यात्रा बिमा अनिवार्य

काठमाडौँ - भ्रमण अनुमति (भिजिट भिसा)मा विदेश जाने नेपालीले अब १५ लाखको रुपैयाँ बराबरको अनिवार्य यात्रा बिमा गर्नुपर्ने भएको छ । अध्यागमन विभागले ‘अध्यागमन कार्यविधि–२०६५’ संशोधन गर्दै यो प्रावधान थपेको हो । कार्यविधिको नेपाली नागरिक प्रस्थान अनुमतिको पर्यटन भिसाको दफालाई संशोधन गर्दै बिमालाई अनिवार्य गर्न लागिएको विभागले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

भिजिट भिसामा जाने नेपाली नागरिकको वैदेशिक भ्रमणलाई व्यवस्थित र नियमित गर्नुपर्ने भएको हुँदा यस्तो व्यवस्था लागू गर्न लागिएको विभागका निर्देशक टेकनारायण पौडेलले बताए । “वैदेशिक भ्रमणमा गइ काममा संलग्न हुने तर उनीहरु बिचल्ली र अलपत्र पर्ने अवस्था आउन नदिन यस्तो व्यवस्था गर्न लागिएको हो,” पौडेलले भने, “कार्यविधि संशोधन भएर कार्यान्वयनमा आएपछि सबै देशमा भिजिट भिसामा जाने नेपाली नागरिकले १५ लाख रुपैयाँको अनिवार्य बिमा गर्नुपर्नेछ ।”

सेप्टेम्बरयता भिजिट भिसामा दुबई गन्तव्य बनाएर सो देश हुँदै अन्य देशमा जाने प्रवृत्ति बढेपछि यसमा कडाइ गर्न लागिएको हो । यसरी जानेहरु उद्देश्यभन्दा अन्य गतिविधिमा संलग्न भएसँगै गृह मन्त्रालयले भिजिट भिसामा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले दिएको सुझावको आधारमा अध्यागमन विभागले ‘अध्यागमन कार्यविधि–२०६५’को नेपाली नागरिक प्रस्थान अनुमतिको पर्यटन भिसाको दफालाई संशोधन गर्न लागेको हो । नेपालबाट प्रस्थान गर्दा भिजिट भिसामा जाने र गन्तव्यमा पुगेपछि कामदार बन्ने प्रवृत्ति पछिल्लो समयमा बढेर गएको छ । सेप्टेम्बरयता नै वैदेशिक भ्रमणको लागि १ लाखभन्दा बढी र अघिल्लो वर्ष करिब ३ लाख नेपालीले विभिन्न देशमा भिजिट भिसामा बाहिरिएको विभागको भनाइ छ ।

यसरी काम गर्दा कुनै पनि करार सम्झौताबिना काम गर्नुपर्ने, काममा कुनै पनि तोकिएको सेवा सुविधा नपाउने, दुर्घटना हुँदा कुनै क्षतिपूर्ति नपाउने कसैलाई उद्धार गर्न समस्या पर्दै आएको थियो । उद्धारमा राज्यको नजरमा आफ्नो नागरिक भिजिट भिसामा गएको तथ्यांकले देखाउने नागरिक गन्तव्यमा पुगेपछि कामदार बन्दा र भिसाको उद्देश्यभन्दा फरक परेपछि सरकारलाई नियमन नियन्त्रण गर्न समस्या पर्दै गएको थियो । यसरी भ्रमणमा गएका नागरिक बिचल्लीमा नपरुन् र अलपत्र नपरुन् भनेर उनीहरूको हित र सुरक्षाको लागि नै बिमा कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको निर्देशक पौडेलको भनाई छ । गृह मन्त्रालयका उपसचिव रुद्रप्रसाद पंगेनी संयोजक रहेको ५ सदस्य समितिले दिएको सुझावका आधारमा कार्यविधिलाई विभागले संशोधन गर्न लागेको हो ।

भ्रमणमा गएका नागरिकको केही भवितव्य समस्या आएमा बिमाकै दायित्वबाट उद्धार गर्नेगरी विभागलाई सुझाउँदैं प्रतिवेदन दिएको पंगेनीले बताए । उनले भने, “अति जोखिम रहेका अफ्रिकिन लगायतका मुलुकहरूको वर्गीकरण गरी के कसरी अनुगमनसहित प्रस्थान अनुमति दिने भनेरे कार्यदलले सुझाएको छ । बिमाको दायित्वमा ल्याएर व्यवस्थापन गर्ने गरी बिमा कार्यक्रम ल्याउन सुझाएका छौं ।”

विभागले हाल सो कार्यविधि विभागीय कार्ययोजना तोकेर नै कार्यान्वयनको लागि २ साता अगाडि सिफारिस गरेको र माघ महिनाभित्रै लागू हुने विभागले जनाएको छ । भिजिट भिसावाहकलाई छुट्टै भिजिट भिसा डेस्कबाट मात्र अनुमति दिने व्यस्था मिलाउन सुझाएको छ । यसरी गएका नागरिकले दुईतर्फी टिकट पनि देखाउनु पर्ने यसअघि नै व्यवस्था छ । बस्न खानको लागि विदेशमा कसैले समन्वय नगरेको हकमा १ हजार डलर विदेशी मुद्रा भ्रमणवाहकले बोक्नुपर्छ ।

विभागले बिमाको नीति बनाउनको लागि आन्तरिक तयारी समेत पूरा गरी बिमा समितिसँग छलफल अगाडि बढाएको जनाएको छ । “यो बिमाअन्तर्गत केके जोखिमका विषयलाई समेटेर बिमा कार्यक्रम ल्याउन सकिन्छ भनेर अध्ययन र छलफलको क्रममा छ,” निर्देशक पौडेलले भने, “चाँडै ठोस निर्णयमा पुग्ने छ र योसँगै कार्यवीधि संशोधन भएर लागू हुनेछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।