भन्सार एजेन्ट छनौटको लिखित परीक्षा स्थगित
काठमाडौं, ७, शुक्रबार । भन्सार विभाग काठमाडौंले कोरोना भाइरसका कारण यसअघि तय भएको भन्सार एजेन्ट छनौटको लिखित परीक्षा स्थगित गरेको छ । आज एक सुुचना जारी गर्दै विभागले जेठ २२ गते तोकिएको परीक्षा स्थगित भएको जनाएको हो । अब यो परीक्षासम्बन्धी सुचना परीक्षा हुनुभन्दा १५ दिन अघि गोरखापत्र राष्ट्रिय दैनिक र यही विभागको साइटमा हेर्न सकिने जनाइएको छ ।











