कोरोनासँग लड्न अस्ट्रेलियाले नेपाललाई ७० लाख डलर दिने
काठमाडौँ, ७, शुक्रबार । अस्ट्रेलिया सरकारले आपतकालीन साहायता स्वरूप नेपाललाई ७० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ। नेपालमा कोरोना भाइरसको माहामारीबाट बच्न आवस्यक उपकरण खरिदका लागि भन्दै उक्त रकम संयुक्त राष्ट्रसङ्घ तथा अन्य गैरसरकारी संस्थामार्फत दिइने अस्ट्रेलियाली सरकारले बताएको हो।
कोरोनाद्वारा अतिनै प्रभावित भारतसँगको सीमावर्ती क्षेत्रका नेपाली अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्री, पीपीई, कोभिड–१९ परीक्षण किट र स्वास्थ्यकर्मीलाई तालिम अस्ट्रेलियाले दिदै आइरहेकोसमेत अस्ट्रेलियन सरकारले स्पष्ट पारेको छ।
अस्ट्रेलियाकी परराष्ट्र मामिलासम्बन्धी मन्त्री मरिस् पेअनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय महासागरको उत्तर पूर्वी क्षेत्रका नेपाललगायतका मुलुकहरूलाई सहयोग गर्न आफूहरु कटिबद्ध रहेको बताएकी छन्।
गत महीना फिर्ता बोलाईएका राजदूत महेशराज दाहालले अस्ट्रेलियन सरकारका प्रतिनिधिसँग भेंटी सहयोगको अपील गरेका थिए। त्यस लगत्तै नेपाली समुदायका अगुवाहरू मन केसी, दीपक खड्का, कृष्ण हमाललगायतले प्रभावशाली मन्त्री डेभिड कोलम्यानलाई भेटेर तत्काल सहयोगको माग गरेका थिए।