image
image

पेट्रोलियममा विक्रेतालाई कमिसन : उपभोक्ताबाट थुत्दै विक्रेता पोस्दै

काठमाडौं । नेपाल आयल निगमले उपभोक्तालाई प्रत्यक्ष भार पर्ने गरी व्यवसायीको कमिसन बृद्धि गरेको छ । निगम सञ्चालक समिति बैठकले विक्रेताहरुले पाउँदै आएको कसिमन बृद्धि गर्ने निर्णय गरेको हो । अहिले बिक्रताले पेट्रोलमा कुल मूल्यको ३ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन पाउँछन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

अब पेट्रोलमा ०.३९५ र डिजेलमा ०.४७ प्रतिशत कसिमन थप हुनेछ । यो निर्णयसँगै व्यवसायीहश्ररुको कमसिन प्रतिलिटर डिजेलमा २१ र पेट्रोलमा १२ पैसा कवृद्धि हुनेछ भने एक ट्यांकर पेट्रोलमा २४०० र डिजेलमा ४ हजार २०० रुपैयाँ थप हुनेछ ।

उपभोक्ताको हितलाई मध्यनजर गर्दै कम भन्दा कम रकममा व्यवसायीहरुको माग सम्बोधन गरेको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले दाबी गरेका छन् । ‘व्यवसायीले कमिसन एक रुपैयाँ पाउनुपर्ने माग राखेका थिए, १२ र २१ पैसामा समाधान निकालिएको छ’, पौडेलेले भने । विक्रेताहरुले पाउने थप कमिसन उपभोक्ताबाट असुल गरिनेछ ।

व्यवसायीको कमिसन बृद्धिका कारण डिजेल र पेट्रोलको उपभोक्ता मूल्यमा औसत ३६ पैसा समायोजन हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनकाअनुसार प्राविधिक क्षतिबापत व्यवसायीले पाउँदै आएको जर्ति सुविधा भने स्थगन गरिएको छ । १२ हजार लिटरमा ३० लिटर जर्ति सुविधा दिने गरिएको थियो । निगमको नयाँ निर्णयसँगै व्यवसायीहरुले आइतबारदेखि गर्ने भनिएको आन्दोलन फिर्ता लिएका छन् । उनीहरुले आइतबारदेखि बागमतीमा पेट्रोल बिक्री नगर्न बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।