image
image

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको चुनौती बारे वेबिनार हुँदै,  यसरी हुनुहोस् सहभागी  

काठमाडौँ । रोलिङ्ग प्लान्सद्वारा संचालित रोलिगं नेक्ससको “रोलिङ्ग कर्मशील विदेश” ले जूम एप्स मार्फत वेबिनार आयोजना गर्ने भएको छ ।कर्मशीलले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको चुनौती बारे छलफल गर्न आगामी मेई-२४,२०२१ (जेष्ठ-१०-२०७८) सोमबार नेपाली समय बेलुकी ४ बजेबाट वेबिनार शुरु गर्ने भएको हो ।

वेबिनार आयोजक “रोलिङ्ग कर्मशील विदेश”का उपाध्यक्ष लोकेन्द्र सिंहले बिदेशमा काम गर्ने क्रममा बिषेश गरी मध्यपूर्ब र मलेशियामा रहेका नेपाली श्रमिकहरुलाई यो वेबिनारमा नाम दर्ता गरी भाग लिन अनुरोध गरेका छन। कार्यक्रमको प्रमुख बक्ताहरुमा साउदीअरबका लागि नेपाली महामहिम राजदूत प्रा.डा. महेन्द्र प्रसाद सिंह राजपुत,मलेशियाका लागि नेपाली महामहिम राजदूत उदय राज पाण्डे,बैदेशिक रोजगार बिभागका महानिर्देशक कृष्ण प्रसाद दवाडी,हेल्भिटस नेपालका राष्ट्रिय निर्देशक डा.भरत कुमार पोख्रेल, NAFEAका महासचिब सुजित कुमार श्रेष्ठ र कान्तिपुर राष्ट्रिय दैनिकका होम कार्की रहने छन।कार्यक्रमको संचालन पत्रकार सरोज दाहालले गर्नेछ्न।

योजक “रोलिङ्ग कर्मशील विदेश” rollingnexus.com का अनुसार वेबिनारमा कोभिड महामारिको अहिलेको यस्तो विषम परिस्थितिमा राजदुताबासहरुको भूमिका के हुने?,बैदेशिक रोजगार बोर्ड र बिभाग के गर्दै छ ?म्यानपावर व्यवसायीहरुको जिम्बेवारी के ? श्रमिकको राहत र उद्दार कसरी हुदैँ छ?लगाएत श्रमिकहरु संग प्रतक्ष जोडीएका समस्याहरु र समाधानका लागि सम्बन्धित निकायले खेल्नु पर्ने भूमिका बारे छलफल हुने बताईएको छ ।
वेबिनारमा निशुल्क सहभागी हुन तलको लिंकमा मेई-२३,२०२१ बेलुकी ५ बजे भित्रमा नाम दर्ता(रजिस्टर) गर्नु होला।

https://rollingnexus.com/campaign/S1/webinar-on-

 उक्त प्रत्यक्ष प्रशारण अर्थरोजगार र रोलिगं नेक्ससको अफिसियल फेसबुक पेजबाट हुनेछ । साथै अर्थरोजगारको यूट्यूब च्यानल बाट पनि एकैसाथ प्रशारण हुने जानकारी प्राप्त भएको छ ।        
  

        
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।