तल्लो अरुण जलविद्युत् आयोजना विकासका लागि भारतको एसजेभीएन छनोट
काठमाडौं । नेपाल सरकारले ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको ढाँचा विकास गर्न भारतको एसजेभीएन लिमिटेडलाई छनोट गरेको छ । सरकारले सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत उक्त आयोजनाको ढाँचामा विकास गर्न एसजेभीएनलाई छनोट गरेको हो ।
प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रवार सम्पन्न बोर्डको ४६औं बैठकले यस्तो निर्णय गरेको हो । बैठकले अन्तरराष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीको मूल्याङ्कन गरेर यस्तो निर्णय गरेको हो । हाल ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य पनि सोही कम्पनीले नै गर्दै आएको छ ।
तल्लो अरुण जलविद्युत् आयोजना प्रदेश नं १ को संखुवासभा र भोजपुर जिल्लामा अवस्थित हुने बताइएको छ । २०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा सरकारले सो परियोजना लगानीकर्तासमक्ष प्रस्तुत गरेको थियो ।
त्यसैगरी, उक्त बैठकले लगानी बोर्डमा विशेषज्ञ सदस्यका रूपमा राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा र भवानी राणा एवम् आमन्त्रित सदस्यमा बालकृष्ण शिवाकोटीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
उक्त अवसरमा प्रधानमन्त्रीले विद्युत्को उत्पादन सँगसँगै खपतको समेत योजना बनाउनुपर्नेमा जोड दिनुभयो । यसका लागि पूर्वाधार परियोजनाहरूलाई समयमै कार्यान्वयनका गर्न र समन्वयात्मक ढंगबाट कार्य गर्न सम्बद्ध निकायलाई उहाँले निर्देशन पनि दिनुभएको थियो ।
बैठकमा अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेल, सरकारका मुख्य सचिव शंकरदास वैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।