कोरोनाका कारण जानकी नवमी प्रभावित
काठमाडौँ, ६, बिहीवार । वैशाख शुक्लपक्षको नवमी तिथि अर्थात् हिन्दु धर्मावलम्बीले देवीको अवतारका रुपमा लिने जानकी ९सीता० को जन्मदिन । जनकपुरधाम लगायतमा धुमधामका साथ मनाइने जानकी नवमी पर्व यस वर्ष भने कोरोना संक्रमणका कारण प्रभावित भएको छ ।
पछिल्लो वर्षसमेत कोरोना संक्रमणकै कारण राम्ररी मनाउन नसकिएको जानकी नवमी पर्व यस वर्ष पनि कोरोनाभाइरसकै कारण प्रभावित भएको हो । जानकी नवमीका दिन भक्तजनहरुको घुइँचो लाग्ने जानकी मन्दिर अहिले सुनसान छ ।
स्थानीय रिमा यादवले कोरोना संक्रमणका कारण जानकी मन्दिर दर्शन गर्न बिहानै आए पनि यस वर्ष कुनै किसिमको कार्यक्रम नहुँदा खल्लो लागेको बताइन् ।
जानकी मन्दिरका पुजारी रामरोशन दासले श्रद्धालु भक्तजनलाई घरबाटै पूजा आराधना गर्न भनिएको बताए ।
‘कोरोनाको संक्रमण रोकथान तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा, भौतिक दूरी पालन गर्नुपर्ने बाध्यताका कारण यस वर्ष श्रद्धालु भक्तजनलाई घरबाटै पूजाअर्चना गरि मनाउन आग्रह गरेका छौं,’ पुजारी रामरोशन दासले भने । उनका अनुसार आ–आफ्नो घरमा साँझ ७ बजे आरतीका साथै दियो बालेर दिपावली मनाउन आग्रह गरिएको छ ।
जानकी मन्दिरमा जानकी जन्मोत्सव धुमधामसाथ मनाउने गरिन्थ्यो । अन्य वर्ष जानकी नवमीको अवसरमा जानकी मन्दिरमा विशेष पूजा अर्चना तथा नाचगान हुन्थ्यो । जन्मको गीत ‘सोहर’ गाएर भक्तजनहरुले जानकी जन्मजयन्ती मनाउने गर्दथे ।
यसवर्ष जनकपुरधामको प्रसिद्ध धार्मिक स्थलमध्ये एक रहेको बिहारकुण्ड समेत सुनसान देखिएको छ । बिहारकुण्ड जानकीको बाल्यावस्थामा आफ्नो साथीसँग खेल्ने स्थल रहेको धार्मिक मान्यता छ ।
बिहारकुण्डमा जम्मा ११ वटा मन्दिर छन् । सबै मन्दिरमा जानकी जन्मको अवसरमा विशेष कार्यक्रम हुँदै आएको थियो । तर ती सबै मन्दिर यस पटक कोरोना महामारीका कारण बन्द छन् ।