image
image

सोलुखुम्बु र उदयपुरमा भीरबाट लडेर दुईको मृत्यु

काठमाडौँ, ६, बिहीवार । सोलुखुम्बु र उदयपुरका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ का २८ वर्षीय सिताराम बस्नेतको स्थानीय उत्तीसे भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो गाई वस्तु चराउन गएका केही स्थानीयहरूले बस्नेतलाई भीरमुनि मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए।

यसैगरी, उदयपुरको कटारी नगरपालिका–८ मरुवाखानी बस्ने २९ वर्षीया गीता विकको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ। बुधबार साँझ ६ बजेको समयमा मरुवाखानीको जंगलमा घाँस काट्ने क्रममा अचानक भीरबाट लड्दा विकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।