image
image

कपिलवस्तुमा माओवादी नेतामाथि गोलि प्रहार 

काठमाडौँ, ६, बिहीवार । कपिलवस्तु नगरपालिका वडा नं. ३ मा मोटरसाइकलमा सवार युवा माथी गोली प्रहार भएको छ । बुधवार राती ११ बजे घर फर्किने क्रममा उनीहरु माथी गोली प्रहार भएको प्रहरीले जनाएको छ । 

गोली प्रहारबाट नेकपा माओबादी केन्द्र का नेता दीपक पाण्डेय र एक जना भारतीय नागरिक इयाज अख्तर घाइते भएका छन । पाण्डेको पेटमा २ राउण्ड र अख्तरको पाखुरामा १ गोली लागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । मोटरसाइकलमा सवार ३ जना मध्ये १ जना सकुशल गरेको बताइएको छ ।

प्रहरीका अनुसार जलैयास्थित बाणगंगा खोलाको नदीजन्य पदार्थ बिक्रीका लागी उनीहरु काम गर्दै आइरहेका थिए । तौलिहवा तर्फ फर्किने क्रममा तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा अज्ञात समूहले गोली प्रहार गरेका थिए । गोलि हान्ने समुहका ३ जना एउटै मोटरसाइकलमा सवार रहेको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

गोली प्रहार भएको खवर पाए पछि प्रहरीले उद्धार गरी युनिभर्सल शिक्षण अस्पताल भैरहवामा उपचारका लागि लगिएको थियो । राती शल्यकृया गरी पाण्डेयको १ गोली निकालिएको छ । गोली किन र कसले हान्यो अझै खुल्न सकेको छैन् । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले थप अनुसन्धान जारी गरेको भण्डारीले बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।