निषेधाज्ञा अवज्ञा गर्ने २२ सय बढी सवारी साधान होल्डमा
काठमाडौं, ६, बिहीवार । निषेधाज्ञा अवज्ञा गरी चलाइएका २२ सय ३५ वटा सवारी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होल्ड गरेको छ । जसमा १५ सय १७ वटा दुई पाङग्रे, ५०६ ओटा चार पाङ्ग्रे, ९३ ओटा ट्याक्सी र ११९ वटा अन्य ठूला सवारी साधन रहेका छन्।काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् ।









