image
image

बजेट अधिवेशन अझै अन्योलमा

काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार संघीय बजेट जेठ १५ मा संसद्बाट घोषणा हुन ९ दिन बाँकी रहँदासमेत सरकारले प्रक्रिया नै अघि बढाएको छैन ।

बजेट घोषणाअघि संसद्मा नीति तथा कार्यक्रम, प्रिबजेट छलफल हुनुपर्नेमा बजेट अधिवेशन आह्वान नहुँदा संवैधानिक प्रक्रिया अवरुद्ध बनेको छ ।

यस बेला संसद्मा बजेट अधिवेशन चलिरहनुपर्ने थियो । तर, अल्पमतको सरकार भएकाले आप्mना वार्षिक कार्यक्रम पास नहुने डरले अधिवेशन डाक्न चासो नदेखाउँदा आगामी बजेट प्रक्रिया अन्योलमा परेको हो ।

बजेट अधिवेशन नबोलाइएपछि विभिन्न संशय उत्पन्न भइरहेका बेला संसदीय प्रक्रिया छाडेर गलत बाटोबाट बजेट ल्याउन नहुने पूर्वअर्थमन्त्री एवं अर्थविद्हरूले बताएका छन् ।

संसद् जीवित हुँदाहुँदै सरकारले अध्यादेशबाट बजेट ल्याउन नमिल्ने भएकाले सरकारले छिटो राजनीतिक समझदारी जुटाएर अघि बढ्नुको विकल्प नरहेको उनीहरूको भनाइ छ । सत्तारूढ दल नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे संसद् जीवितै रहेकाले सरकारले नियमित प्रक्रियाबाटै बजेट ल्याउनुपर्ने बताउँछन् ।

उनका अनुसार संसद् रहेको अवस्थामा अध्यादेशमार्फत बजेट आउने सम्भावना छँदै छैन । ‘सरकारसँग आप्mनो बहुमत छैन, यसै कारण नीति तथा कार्यक्रम, बजेट पनि पारित नहुने खतरा छ, दलहरूबीच छलफल गरेर समयमै नियमित प्रक्रियाबाट बजेट ल्याइनुपर्छ,’ अभियानसँगको कुराकानीमा उनले उनले भने । प्रधानमन्त्रीले बजेटअघि नै विश्वासको मत लिए बजेट पास हुने नहुनेबारे स्पष्ट हुने पाण्डेको भनाइ छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा.रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नसक्ने बताउँछन् । महतका अनुसार सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन मिल्दैन, वार्षिक बजेट सरकारले ल्याउने नै हो भने त्यसअघि विश्वासको मत प्राप्त गरेको हुनुपर्छ ।

विश्वासको मत नलिई बजेट पेश गर्नुपर्ने अवस्थामा सरकारले कामचलाउ बजेट ल्याउनुपर्ने उनी बताउँछन् । त्यस्तो अवस्थामा ल्याइने बजेटमा सरकारले राजस्वसम्बन्धी, करका दर, चालू कार्यक्रमहरूलाई निरन्तरता मात्रै दिन पाउने उनको भनाइ छ ।
-आर्थिक अभियान दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।