राष्ट्रिय सभा उपनिर्वाचनमा पीसीआर परीक्षण नगरेकाले पनि मतदान गर्न पाउने
काठमाडौँ । राष्ट्रिय सभा उपनिर्वाचनको तयारी स्वरुप हेटौंममा बुधबार दलका प्रतिनिधिसँग निर्वाचन कार्यालयले छलफल गरेको छ । छलपलका क्रममा कोभिड–१९ परीक्षण गरेको पीसीआर रिपोर्ट नभएकाहरुले पनि मतदान गर्न पाउने सहमति भएको हो ।
राष्ट्रिय सभाका उम्मेदवार डा. खिमलाल देवकोटाले पीसीआर रिपोर्ट नभए पनि मत हाल्ने पाउनुपर्ने बताएका थिए । निर्वाचन प्रमुख न्यायाधीस डिल्लीरत्न श्रेष्ठले मतदान गर्न पाउने विषयको सहमतिलाई निर्वाचन आयोगमा पठाउने बताए । उनले बिहीबार भुटनदेवी माविमा हुने चुनावमा कोभिड–१९ संक्रमित भएका मतदातालाई कर्मचारीले स्कटिङ गरेर सुरक्षित साथ मतदान स्थलमा लैजाने व्यवस्था गरेको जनाए ।
बागमती प्रदेशसभाका सदस्य र प्रदेशका ११९ वटा स्थानीय तहका अध्यक्ष र उपाध्यक्षका लागि छुट्टा छुट्टै मतदान केन्द्र बनाइएको छ । कोरोना संक्रमितहरुका लागि भने मतदानस्थलको उत्तरतर्फको गेटबाट प्रवेश गरी छुट्टै मतदान केन्द्रमा मत दिने व्यवस्था गरिएको उनले बताए ।