दुग्धजन्य पदार्थ बिक्री नहुँदा सहुलियत दिन माग
काठमाडौँ । विगत एक वर्ष भन्दा बढी देखि कोरोना महामारीको कारण हुँदै आएको निषेधाज्ञा र लाकडाउनका कारण दुग्धजन्य पदार्थको बिक्री नहुँदा चार अर्ब २५ करोड रुपैयाँ बराबरको सामान मौज्दात भएको छ । डेरी उद्योग संघले यसप्रति गम्भीर रुपमा सहयोग र उचित व्यवस्थापन गर्न संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
किसान तथा उद्यमीलाई यस व्यवसायमा टिकाइराख्न कोभिड–१९ को पहिलो तथा दोस्रो लहरबाट थला परेको दुग्ध क्षेत्रलाई उकास्न दूध संकलन, प्रशोधन र बिक्री–वितरणको अग्रभागमा काम गर्ने कर्मचारी, व्यवस्थापकलाई कोभिडविरुद्धको खोप तत्काल दिने व्यवस्था गर्न संघले माग गरेको छ ।
यस्तै चालु पुँजीको अभावमा किसानको नियमित भुक्तानी, धुलो दूध कन्भरसन ज्याला र कर्मचारीको तलब दिनसमेत समस्या आएकोले डेरी उद्योगहरुमा भएको मौज्दातको आधारमा १० करोडसम्म सहुलियत कृषि कर्जा उपलब्ध गराउनुपर्ने संघका अध्यक्ष राजकुमार दाहालले बताए ।
स्वदेशी दुग्धजन्य पदार्थको मौज्दातले आन्तरिक बजार धान्न सक्ने भएकोले तत्काल आयातित सम्पूर्ण दुग्धजन्य पदार्थहरु धुलो दूध (स्कीम मिल्क पाउडर), होल मिल्क पाउडर, स्प्रेड मिल्क पाउडर, वटर, घिउ, बटर आयल, चीज, पनिर, दही, आइसक्रिम, फ्रोजन डेर्जट र दूधबाट बनेका मिठाई एवं परिकारहरु पूर्ण रुपमा प्रतिबन्ध लगाउन पनि माग गरिएको छ ।