image
image

राष्ट्रियसभा उपनिर्वाचन: आचारसंहिता उल्लघंन नगर्न आयोगको चेतावनी

काठमाडौँ, ५, बुधबार । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघंन नगर्न निर्देशन दिएको छ । वागमती प्रदेशमा बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मतदान अघि केही व्यक्तिबाट आचारसंहित उल्लंघन भइरहेका भन्दै त्यसो नगर्न चेतावनी दिएको हो ।

आयोगले आज विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएको हो । आज मात्रै नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा बादलको पक्षमा भोट गर्न अपिल गरेका थिए ।

तर, आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै मौन अवधि शुरु भएको जनाएको थियो । मौन अवधिमा मत माग्नेलगायतका प्रचारप्रसारका गतिविधि गर्न पाइँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।