बजेट लेखन अन्तिम चरणमा, समयमै आउने
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/ ७९ को बजेट मस्यौदा लेखन अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोभिडको रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकता राखेर बजेट ल्याउने तयारी गरेको छ । राजनीतिका अस्थिरता र अन्यौलता रहेको भएपनी जेठ १५ मा नै आउने भएको हो ।
यो वर्ष झन् विश्वमै नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड–१९)को महामारी देखिएको र यसले विश्वलाई नै ठुलो आर्थिक प्रभाव पारेको अवस्थामा कोभिडको रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकता राखेर बजेट ल्याउने तयारीमा रहेको अर्थ मन्त्रालयका प्रवक्ता तथा सूचना अधिकारी महेश आचार्य जानकारी दिए ।
'सरकारले ल्याउने बजेट मुलुकको आर्थिक र सामाजिक विकासका लागि नै परिलक्षित हुन्छ।' उनले अगाडी थपे, 'त्यसैले समय परिस्थिति, जनताको अपेक्षा, राज्यलाई प्राप्त हुनसक्ने स्रोत र बजेटको कार्यान्वयन गर्ने क्षमतालाई समेत आधार मानेर नयाँ बजेटमा कार्यक्रमको प्राथमिकता निर्धारण गरेका छौँ।' मन्त्रालयले कोभिडको रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकता राखेको आचार्यको भनाई छ ।
यो वर्षको राजस्व र खर्च नियमित भएको भए आउने बजेटको आकार र प्राथमिकता अर्कै हुन्थ्यो । तर, अहिलेको प्राथमिकता त्यो भन्दा फरक नै हुने भएको छ । देशमा स्वास्थ्य अवस्था र महामारीले जनताको स्वास्थ्यमा पारेको प्रभावलाई बजेटको केन्द्रमा राखिने भएको छ।