image
image

आज यी तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन 

काठमाडौं ५ जेठ ।आज तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ ।  । एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त, ग्रामीण विकास लघुवित्त र युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर लिलामी विक्रिमा ल्याएको हो ।

कम्पनीले गत वैशाख १६ गतेबाट आरएमडिसी लघुवित्तको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्तको २५ हजार २०० कित्ता र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

आरएमडिसीको प्रतिकित्ता न्युनतम शेयर मूल्य ४९८ रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ४०० रुपैयाँ र युनाइटेड इन्स्योरेन्सको ३२१ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मुल्य अंकित गरी बोलपत्र पेश गर्न सकिने जनाएको छ ।


लगानीकर्ताले विक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी र एक्सेल डेभलपमेण्ट बैकको केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।