अचानक हल्लियो चीनको ७३ तले भवन
काठमाडौं, ५, बुधबार । दक्षिणी चीनको सेन्जेन सहरस्थित एक गगनचुम्बी भवन अचानक हल्लिन थालेपछि उक्त भवनमा मानिसहरुको उद्धार गरिएको छ । स्थानीय प्रशासनको भनाइ अनुसार मंगलबार साँचझको समयमा यो घटना भएको हो । ९८० फिट अग्लो एसईजी प्लाजा भवन हल्लिएपछि त्याँहाका मानिसहरुको उद्धार गरिएको हो ।
चीनमा त्यो बेला कूनै मनि किसिमको भुकम्प पनि नगएकाले भवन हल्लिनुको कारणबारे अहिले अनुसन्धान भइरहेको छ । २० वर्ष पुरानो यो भवनमा धेरै कम्पनीका कार्यालयहरु छन् । यस भवनमा एक ठूलो बजार पनि लाग्ने गरेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोमा मानिसहरु भवनभन्दा बाहिर निस्किएर दौडिरहेको देख्न सकिन्छ । मानिसहरुले भूकम्प नआउँदा नै भवन किन हल्लिएको हो भन्नेमा आशंका व्यक्त गरिरहेका छन् ।चिनियाँ सरकारी समाचारपत्र द ग्लोबल टाइम्सका अनुसार मंगलबार दिउँसो साढे १२ बजेबाट उक्त भवन हल्लिन थालेको थियो । साढे २ बजेसम्म यो भवन खाली गराइएको थियो ।
समाचारमा हताइए अनुसार हल्लिएको कारण भवनमा कुनै चिरा देखिएको छैन भने भवनमा अन्य कुनै क्षति पनि पुगेको छैन ।