image
image

भूकम्पले तनहुँमा घर भत्कियो

काठमाडौँ, ५, बुधबार । बुधबार बिहान लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पका कारण तनहुँमा एक घर भत्किएको छ। व्यास नगरपालिका १४ स्थित कुलुङमा एक घर भत्किएको हो। वडाध्यक्ष काजीमान श्रेष्ठका अनुसार स्थानीय कृष्णबहादुर कामीको घर भत्किएको हो। उनको घरको माथिल्लो तल्ला भत्किएको छ।

घरमा १० जना सदस्य बस्दै आएका छन्।

२०७२ सालको भूकम्पले चर्किएको घर बुधबारको भूकम्पले भत्काएको हो। भूकम्प बुधबार बिहान दुईपटक गएको थियो। बिहान ५ बजेर ४२ मिनेटमा ५।८ रेक्टर स्केल र दोस्रोपटक ८ बजेर २६ मिनेटमा ५।३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रि भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प लमजुङका आसपासका जिल्ला तथा राजधानी काठमाडौंमा समेत महसुस गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।