संक्रमितको अवस्था बुझ्न घरमै पुगे उपसचिव निरौला
काठमडौँ, ५, बुधबार । कोरोना भाइरसको दोस्रो भेरिएन्टबाट रौतहट जिल्ला पनि प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार मंगलबारसम्म रौतहटमा ८ सय ११ जनामा दोस्रो लहरको कोरोना पुष्टि भइसकेको छ भने ६ सय ६६ सक्रिय संक्रमित रहेका छन् ।
जिल्ला स्थानीयहरुले कोरोना नियन्त्रण र संक्रमितको उपचार र व्यवस्थापनमा जनप्रतिनिधिहरुले निभाउनु पर्ने भूमिका जिम्मेवारीपूर्वक ननिभाएको गुनासो गरिहेका छन् ।
यसैबीच ‘होम आइसोलेसन’ मा बसिरहेका संक्रमितहरुको अवस्था बुझ्न इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोरेन्द्र निरौला भने संक्रमितकै घरमै पुगेका छन् ।उपसचिव निरौलासहित सुरक्षाकर्मीको टोलीले संक्रमितहरुलाई उनीहरुको घरमै भेटेर स्वास्थ्य अवस्था लगायत विषयहरुको बारेमा जिज्ञासा राखेका थिए ।
सो टोलीले चन्द्रपुर नगरपालिकाका विभिन्न संक्रमितहरुलाई भेटेर आत्मवल उच्च पार्न , स्वास्थ्य मापदण्डको अनुशासित भएर पालाना गर्न, आफ्नो लापरवाहीले अरुलाई सर्नसक्छ अनि गाउँ समाजमा कोरोना फैलन सक्छ भनेर ख्याल राख्न सुझाएको थियो ।‘संक्रमितहरुको अवस्था बुझेर उनीहरुलाई आत्मवल उच्च पारे सुरक्षित भएर बस्न सुझाएका छौँ’ निरौला भने , ‘होम आइसोलेसनमा बसेकाहरु घर बाहिर निस्कदा कोरोना समुदायमा पनि फैलने भएकाले त्यसो नगर्न पनि सुझाएका छौँ ।’
उनले समय मिलाएर आफ्नो इलाकामा होम आइसोलेसनमा बसिरहेका अन्य संक्रमितहरुलाई भेट्न जाने प्रतिवद्धता व्यक्त गर्दै संक्रमितको साथमा प्रशासन पनि छ भन्ने सन्देश आफूले दिन चाहेको बताए ।
सो टोलीमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछाने , सशस्त्र प्रहरी वेश क्याम्प सन्तपुरका प्रमुख प्रहरी नायव उपरिक्षक दिपेन्द्रराज विष्ट सहितको सुरक्षाकर्मीको टोली पनि रहेको थियो ।