image
image

गृहमन्त्रालयले भन्यो - ‘निषेधाज्ञा र सरकारी आदेश कार्यान्वयन सन्तोषजनक’

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र सरकारद्धारा यसको रोकथाम, उपचार तथा नियन्त्रणका सन्दर्भमा दिइएका निर्देशन कार्यान्वयनको अवस्था सन्तोषजनक देखिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी आदेशको प्रभावकारी कार्यान्वयन र असहज परिस्थितिलाई सहज तथा सामान्य तुल्याउनु अझै अत्यावश्यक रहेकाले थप सचेत हुन नागरिकसँग अनुरोध गरेको छ ।

प्राप्त जानकारीअनुसार मंगलबारसम्म चार जिल्लामा आंशिकसहित मुलुकका ७४ जिल्लामा आदेश कार्यान्वयनमा रहेको छ । मनाङ, खोटाङ र तेह्रथुम जिल्लामा आदेश जारी गरिएको छैन । देशमा दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दो छ । गत वर्षका तुलनामा यस वर्ष बढी असर र खतरनाक देखिएको विज्ञले बताउँदै आएका छन् ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा अत्यावश्यक सेवा प्रवाहका लागि आवश्यकतानुसार सवारी साधन सञ्चालन गरिएको र आवश्यक अक्सिजन आपूर्ति सकेसम्म सहज बनाइएको उल्लेख छ । अक्सिजन उत्पादन, आपूर्ति तथा वितरण प्रणाली भरपर्दो, पारदर्शी र न्यायसङ्गत तुल्याउन अक्सिजनसँग सम्बन्धित उद्योगमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन ३३ स्थानमा डेडिकेटेड सुरक्षा टोली खटाइएको मन्त्रालयको भनाइ छ । अक्सिजन प्लान्ट चौबीसै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइएको र विद्युत् आपूर्तिको व्यवस्था गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयका अनुसार यसबीचमा निषेधको आदेश अवज्ञा गरी मास्क नलगाई हिँड्ने २१ हजार ९४२ जनालाई जरिवाना तिराइएको छ । सचेतनामूलक कार्यक्रममार्फत चार लाख ३७ हजार बढीलाई मास्क वितरण गरिएको छ ।

कोरोना बढिरहेका अवस्थामा भीडभाडजन्य गतिविधि नगर्न, मास्कको उचित प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, बारम्बार साबुनपानीले हात धुन तथा नियमित रुपमा सेनिटाइजरको प्रयोग गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।