निषेधाज्ञा अवधिमा बैंकले लिलामीको सूचना निकाल्न नपाउने, जरिवाना लिन पनि रोक
काठमाडौँ । निषेधाज्ञा सकिएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुले ऋणीको सम्पत्ति लिलामीको लागि सूचना निकाल्न, र अतिरिक्त शुल्क लिन नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो मौद्रिक समीक्षामार्फत निषेधाज्ञा सकिएको १ महिनासम्म कुनै पनि प्रकारका असुली सम्वन्धी सूचना वा लिलामी सम्वन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाउने जनाएको हो।
त्यस्तै बैंकले निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गरिने जनाएको छ।बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जामध्ये सेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षणवापत सेयरको मूल्यांकन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाई उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई निरन्तरता दिइएको राष्ट्र बैंकले जनाएको छ।