image
image

छिमेक लघुवित्तले पायो अन्तराष्ट्रिय स्तरको उत्कृष्ट वित्तीय संस्थाको रुपमा मान्यता

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले स्मार्ट अमेरिकाको क्याम्पियनबाट अन्तराष्ट्रिय स्तरको मापदण्ड पुरा गरेको विश्वका उत्कृष्ट वित्तीय संस्थाको रुपमा मान्यताको प्रमाणपत्र प्राप्त गरेका छ । अमेरिकाको वासिगंटन डीसीमा अवस्थित स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक संरक्षण सम्बन्धि ७ सिद्धान्त र १९२ मानकहरुलाई यस वित्तीय संस्थाले पुर्ण रुपमा पालना गरेको हुनाले संस्थाले उक्त प्रमाणपत्र प्राप्त गरेको हो ।


ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा, ग्राहकलाई अधिक ऋण ग्रस्त हुनबाट जोगाउने, संस्थाको प्रत्येक क्रियाकलाप पारदर्शिता, सेवाको मुल्य निर्धारण गर्दा जिम्मेवार बन्ने, ग्राहकको तथ्याङ्क तथा सुचनाहरु गोप्य राख्ने र ग्राहकको गुनासो सुनुवाई संयन्त्र चुस्थ र दुरुस्त बनाई राखेको कारण संस्था ग्राहक संरक्षण प्रमाण पत्र पाउन योग्य भएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले वताए ।

त्यस्तै हाल देशको ६७ जिल्लाका १७३ शाखा मार्फत कार्य गर्दै आइरहेको राष्ट्रिय स्तरको छिमेक लघुवित्त वित्तीय संस्थाले हालसम्म विकट गाउँ, पिछडिएका विपन्न वर्गका ३ लाख ८३ हजारभन्दा बढि  परिवारहरुलाई आयमुलक क्षमता अभिवृद्धि कार्यक्रमका साथै वित्तीय साक्षरता सहित वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।




 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।