स्रोत नखुलेको १० लाख रकमसहित एकजना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ र १ हजार ५ सय अमेरिकी डलरसहित काठमाडौं महानगरपालिका-१४ कलंकीका २८ वर्षीय आशिष खाती क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
क्षेत्री नेपाल एयरलाइन्सको उडानद्वारा दुबई जान लागेका थिए। चेकजाँच गर्ने क्रममा उक्त रकमसहित फेला पारिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।