image
image

नफमा निर्जीवन बीमा कम्पनी, कसले कति कमाए ?

काठमाडौं । बीमा कम्पनीहरुले यस आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। सोहि विवरण अनुसार सबै निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा औसतमा करीब ९ प्रतिशतले बढेको छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये १९ कम्पनीको औसत नाफा ८ दशमलव ९१ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा उक्त कम्पनीहरूले रू. ३ अर्ब ४५ करोड १९ लाख खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने उनीहरूको खुद नाफा रू. १ अर्ब १६ करोड ९५ लाख थियो । बीमांकीय मूल्यांकनपछि भने कम्पनीहरूको नाफा थप बढ्नेछ । बीमांकीय मूल्यांकनको क्रममा बीमांकीले असमाप्त जोखिम बापतको व्यवस्था र बीमा कोषको केही रकम नाफा नोक्सान खातामा सार्न सक्छन्, जसले गर्दा कम्पनीहरूको नाफा बढ्नेछ ।       

सार्वजनिक वित्तीय विवरणअनुसार चैत मसान्तसम्म शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। वित्तीय विवरणअनुसार पछिबाट थपिएका नयाँ कम्पनीको नाफा उत्साहजनक देखिन्छ। यद्यपि केही पुराना कम्पनीले पनि नाफामा छलाङ मारेका छन्। युनाइटेड इन्स्योरेन्सको नाफाको वृद्धिदर सबैभन्दा उच्च छ। कम्पनीले एक वर्षको अवधिमै ३३५ प्रतिशतले नाफा बढेको विवरण सार्वजनिक गरेको छ।राष्ट्रिय बीमा कम्पनी र हिमालयन जनरल इन्स्योरेन्सको बाहेक सबै कम्पनीको नाफा बढेको छ।

कसले कति कमाए ? 
 
कम्पनीहरु नाफा चैत ०७७
नाफा चैत ०७६
 
वृद्धिदर प्रतिसेयर आम्दानी
 
प्रुडेन्सियल १२ करोड ७३ लाख ९ करोड ६ लाख ४० १६ रुपैयाँ ५४ पैसा
युनाइटेड ५ करोड २७ लाख १ करोड २१ लाख ३३५ ५ रुपैयाँ १३ पैसा
सगरमाथा २८ करोड ५४ लाख १७ करोड ४१ लाख ६३ ३८ रुपैयाँ २ पैसा
हिमालयन जनरल ९ करोड १० लाख ११ करोड २५ लाख (१९) ११ रुपैयाँ ३६ पैसा 
प्रिमियर २८ करोड ९६ लाख १९ करोड ४ लाख ५२ ३५ रुपैयाँ ९४ पैसा
सानिमा ५ करोड ८१ लाख २ करोड ८९ लाख १०१ ७ रुपैयाँ ८० पैसा
सिद्धार्थ १७ करोड १६ करोड ३ लाख २२ रुपैयाँ ६८ पैसा 
अजोड ६ करोड ११ लाख ३ करोड १०३ ८ रुपैयाँ १५ पैसा
एभरेष्ट १४ करोड ८२ लाख १३ करोड ३३ लाख ११ १८ रुपैयाँ ४ पैसा
जनरल ६ करोड ३६ लाख ३ करोड ६ लाख १०७ ८ रुपैयाँ ४९ पैसा
आइएमई जनरल १८ करोड ८५ लाख १० करोड ७३ लाख ७५ २३ रुपैयाँ २४ पैसा
लुम्बिनी जनरल १३ करोड ७७ लाख १२ करोड ४ लाख १४ १६ रुपैयाँ ८ पैसा
नेको ३५ करोड ९ लाख २४ करोड १० लाख ४५ ३५ रुपैयाँ ५२ पैसा
नेपाल १७ करोड १ लाख १३ करोड ४० लाख २६ १९ रुपैयाँ ७२ पैसा
एनएलजी २१ करोड २८ लाख १५ करोड ७३ लाख ३५ २५ रुपैयाँ ८८ पैसा
प्रभु १५ करोड ९८ लाख १५ करोड २२ लाख १५ रुपैयाँ
राष्ट्रिय बीमा २७ करोड १२ लाख ५३ करोड ४३ लाख (४९) १३५ रुपैयाँ
शिखर ३६ करोड ३३ लाख ३२ करोड ९५ लाख १० २७ रुपैयाँ ९३ पैसा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।