image
image

जापानमा एक नेपाली युवती बेपत्ता, हराएकी छोरीको खोजि गरिदिन दुतावासलाई आग्रह

काठमाडौँ, ४, मंगलबार । अध्ययनका लागि जापान पुगेकी एक नेपाली युवती सविना पौडेल पाँच दिनदेखि वेपत्ता भएकी छिन् ।नागोयामा बस्दै आएकी सविना मे १३ सम्पर्कविहिन भएकी हुन् । नेपालमा रहेका परिवारका सदस्यले बिहिवार राती १०:४५ मिनेटपछि सविना परिवार तथा साथीहरुसँग सम्पर्कमा नरहको बताइएको छ । अहिलेसम्म उनको अबस्था पत्ता लागेको छैन् ।

सविनाकी साथी बसन्तीका अनुसार सविना बिहीवार दिउँसो कोठाबाट निस्किएपछि बसन्तीसँग कुनै किसिमबाट पनि सम्पर्क भएको छैन । सविनाले बसन्तीलाई  उक्त दिन बिहान साँझपख घुम्न जाने बताएकी थिइन तर पनि दिउँसो समय नमिलेकाले घुम्न जान नपाउने र आफू केही ढिलो कोठामा आउने बताएको बसन्तीले जानकारी दिएकी छिन्।

बेपत्ता भएकी सविनाकी आमा रत्न माया बस्नेत पौडेलले टोकियोस्थित नेपाली राजदूतावासलाई बेपत्ता छोरी खोजी गरिदिन निवेदन गरेकी छिन्। निवेदन पत्रमा आमा रत्नमायाले छोरीसँग उनको मोबाइलमा पनि सम्पर्क हुन नसकेको उल्लेख गर्दै सविनाले अध्ययन गरेको बिद्यालयलगायत विवरण उपलब्ध गराएकी छिन्।

सविनाले हालैमात्र विद्यार्थी भिषा परिवर्तन गरेर जापानी कम्पनीमा काम थाल्ने तयारी गरेकी थिइन् । सविना पार्ट टाईम काम गर्दै आएको कम्पनीले पनि उनले कुनैपनि जानकारी नदिएको र सम्पर्क हुन नसकेको बताएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।