image
image

सुर्खेतमा रगतको चरम अभाव

काठमाडौँ, ४, मंगलबार । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रगतको चरम अभाव भएको छ ।कोरोना भाइस महामारीको दोस्रो लहरका कारण संकलन कार्य नहुँदा रगतको अभाव भएको छ । आपूर्तिभन्दा खपतको अनुपात धेरै भएकाले समस्या भएको हो ।

सुर्खेतमा रहेको सुर्खेत ब्लडबैंकमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सुर्खेत शाखाले सञ्चालन गरेको सुर्खेत ब्लडबैंकमा रगतको अभाव भएको हो । कोभिड–१९ को दोस्रो लहरका कारण लामो समयदेखि रक्तदान कार्यक्रम नभएकाले रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुँदा जटिल समस्याका विरामीले दुःख पाउने गरेको गरेका छन् ।

आफ्नो वुवाको जटिल समस्यामा तत्काल आवश्यक रगत कतै नपाएको कालिकोटबाट उपचारका लागि सुर्खेत आएका प्रेम प्रकाश हमालले गुनासो गर्नु भयो । सुर्खेत ब्लडबैंकका इन्चार्ज देपेन्द्र केसीले अहिले रक्तदानका कार्यक्रम गर्ने अवस्था नभएको तर रगतको माग भने दैनिक रुपमा बढेका कारण समस्या भएको बताउनु भयो ।

कोभिडका कारण रक्तदान कार्यक्रम गर्ने अवस्था नभएपछि अहिले व्यक्तिगत रुपमा दाताहरुलाई रक्तदानका लागि बोलाउने गरिएको छ ।

हाल ए पोजिटिभ २ पिन्ट, ओ पोजेटिभ ६ पिन्ट र वि पोजेटिभ २ पिन्ट, ओ नेगेटिभ २ पिन्ट स्टक रहेको छ भने एवि ग्रुपको रगत छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।