image
image

निषेधाज्ञाकै बीचमा कतार र ग्वान्जाओमा हवाई उडान खुला गर्ने निर्णय

काठमाडौँ, ४, मंगलबार । कोरोना भाइरस संक्रमण बढेसँगै गरिएको  निषेधाज्ञाकै बीचमा सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक/एक उडान गर्ने गरी हवाई उडान खुला गर्ने निर्णय भएको सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

उनले कहिलेबाट उडान गर्ने भन्ने मिति भने खुलाएनन् । पछिल्लो समय निषेधाज्ञाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि उडान खुला गर्ने निर्णय भएको बताए ।कतारमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नेपालबाट उडान गर्दै आएको छ । चीनको ग्वान्जाउमा भने चार्टर्ड उडान मात्रै हुँदै  आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।