image
image

भारतमा शक्तिशाली तुफानका कारण २० को मृत्यु

काठमाडौँ, ४, मंगलबार । भारतमा कोरोना महामारीको सङ्कटका बीच अर्को संकट थपिएको छ । त्यहाँका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफान (चक्रवात) आएका कारण अहिलेसम्म कम्तीमा २० जनाको ज्यान गएको बताइएको छ । साथै २ लाख मानिस विस्थापित भएका छन् ।

तुपफानी वेगसँगै उठेको समुद्री छालका कारण तटीय क्षेत्रमा बाढी चलेको छ भने हुरीबतासका कारण रूखहरू, बिजुलीका पोलहरू ढालिएको छ । साथै कर्णाटक, महाराष्ट्र, गोवा, केरला लगायत राज्यमा उच्च वर्षा समेत भएर जनजीवन प्रभावित बनेको छ ।

अरब सागरमा विकसित भएको उक्त तुफानलाई ‘टाउटे’ नाम दिइएको छ । अत्यन्त शक्तिशाली मानिएको सो तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा बज्रिएको बताइएको छ । आइतबारदेखि नै तुफानको असर सुरु भएर सोमबार उग्र बनेको बताइएको छ । सोमवार नै अबेर भारतीय मौसम विभागले गुजरातमा उक्त तुफान बज्रिन लागेको चेतावनी दिएको थियो । त्यसपछि उक्त क्षेत्रका मानिसहरुलाइ सुरक्षित क्षेत्रतर्फ सारिएको थियो ।

उक्त तुफानको असर गुजरातमा मात्र सीमित छैन, छिमेकी राज्य महाराष्ट्रमा समेत देखिएको छ र त्यहाँ उच्च सतर्कता अपनाइएको छ । यसैबीच महाराष्ट्रको राजधानी मुम्बईको तटपारि व्यापारिक जहाजमा चार सय जनाभन्दा बढी मानिस फसिरहेको बताइएको थियो । तीमध्ये ३८ जनाको उद्धार गरिएको छ ।

तुफानको असरबाट बचाउन करिब २ लाख मानिसहरुलाई तल्ला तटीय क्षेत्रबाट सुरक्षित स्थानतर्फ सारेर सेल्टरमा राखिएको छ । कोरोना महामारीको चपेटामा रहेका ती राज्यमा यस संकटले संक्रमण समेत झन फैलाउने बताइएको छ । हाल त्यहाँ खोप वितरण कार्यक्रम समेत स्थगित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।