image
image

घट्यो बैंकहरूको आधार दर, ब्याजदर अझै सस्तो हुने

काठमाडौं माघ १७ ।असोजको तुलनामा एनआइसी एसिया बैंकबाहेक २६ ओटै वाणिज्य बैंकको आधार दर घटेको छ । आधार दरमा १ देखि २ प्रतिशत प्रिमियम जोडेर बैंकहरुले ब्याजदर तय गर्छन् । आधार दर प्रकाशन गर्नुपर्ने व्यवस्थासँगै सेवाग्राहीले बैंकसँग ऋणको ब्याजदरमा ‘नेगासिएट’ गर्न सक्छन् । बैंक्हरुले आधार दर तय गर्दा उनीहरुको निक्षेप संकलन लागतमा ओभरहेड खर्चको ८० प्रतिशत साथै ०.७५ प्रतिशत नाफा राखेर तय गर्छन् ।

आधार दर दोहोरो अंकमा रहेका बैंकहरूले गत वर्ष पुस मसान्तको तुलनामा यस वर्षको सोही अवधिमा झण्डै तीन प्रतिशतसम्मले ब्याजदर घटाएका छन् ।असोजको तुलनामा पुसमा आधार दर उच्च रूपमा घटाउनेमा नेपाल बंगलादेश बैंक रहेको छ । नेपाल बंगलादेश बैंकले असोजको ९.८७ प्रतिशतबाट आधार दर १.८७ प्रतिशतले घटाएर ८ प्रतिशतमा झारेको छ । त्यस्तै एनआइसी बैंकको आधार दर भने सामान्य बढेको छ । असोजमा एनआइसी एसिया बैंकको आधार दर ६.५० प्रतिशत थियो भने पुस (दोस्रो त्रैमास)मा ६.६५ प्रतिशत रहेको छ ।

आधार दर सस्तो हुने बैंकहरूको सूचीमा पहिलो पाँच स्थानमा राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक र एभरेष्ट बैंक रहेका छन् ।त्यसैगरी असोजपछि कर्जाको वृद्धिमा सुधार आएको पनि नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताएका छन ।  
 सूची:

 बैंक

 आधार दर % , २०७७ पुस

  आधार दर %, २०७७ असोज

 राष्ट्रिय वाणिज्य बैंक

 ५.६१

 ५.७४

 नबिल बैंक

 ५.७६

  ६.६८

 स्ट्याण्डर्ड चार्टर्ड बैंक

 ६.०७

 ६.६१

 नेपाल बैंक

 ६.१९

 ६.८१

 एभरेष्ट बैंक

 ६.३७

 ७.०७

 नेपाल इन्भेष्टमेन्ट बैंक

 ६.५६

 ७.३४

 एनआईसी एसिया बैंक

 ६.६५

 ६.५०

 ग्लोबल आइएमई बैंक

 ६.७६

 ७.२५

 सानिमा बैंक

 ६.८३

 ७.७३

 हिमालयन बैंक

  ६.८३

 ७.१६

 प्रभु बैंक

 ७.२४

 ७.३९

 लक्ष्मी बैंक

 ७.२४

 ८.०९

 सनराइज बैंक

 ७.२९

 ७.८०

 मेगा बैंक

 ७.३५

 ८

 सिद्धार्थ बैंक

 ७.३८

 ८.१०

 एनएमबी बैंक

 ७.४०

 ७.८५

 नेपाल एसबीआई बैंक 

 ७.४९

 ८.३७

 माछापुछ्रे बैंक

 ७.५६

 ८.३१

 बैंक अफ काठमाडौँ

 ७.६७

 ७.७०

 कृषि विकास बैंक

 ७.६७

 ८.५३

 प्राइम बैंक

 ७.८५

 ८.१२

 सेञ्चुरी बैंक

 ७.९१

 ८.६८

 कुमारी बैंक

 ७.९२

 ८.४०

  एनसीसी बैंक

 ७.९४

 ८.६३

 एनबी बैंक

 ८

 ९.८७

 सिटिजन्स बैंक

 ८.२५

 ८.८१

 सिभिल बैंक

 ८.४५

 ८.८८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।