इजरायली लडाकू विमानद्वारा गाजा सहरमा पुन: आक्रमण, १९२ को मृत्यु
काठमाडौँ, ३, सोमबार । इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा सहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने सङ्केत गरेसँगै हवाई आक्रमण सुरु भएको हो।
अघिल्लो दिनभन्दा पछिल्लो पटक भएका आक्रमणहरु ठूलो क्षेत्रमा फैलिएका छन्। हवाई हमलामा अघिल्लो एकै दिन ४२ जना प्यालेस्टिनीको मृत्यु भएको थियो।
एक हप्ता अघि सुरु भएको हिंसामा हालसम्मको इजरायलको कारवाहीमा ५८ जना बालबालिका र ३४ जना महिलासहित कम्तिमा १९२ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि, गाजापट्टीमा शासन गर्ने हमास समुहले इजरायली सहर अस्केलन र बेरसेबामा रकेट प्रहार गर्दा २ जना बालबालिकासहित १० जनाको मृत्यु भएको थियो । पछिल्लो २० वर्षमा इजरायली सेनाले ३ हजारभन्दा बढी प्यालेस्टाइनी बालबालिकाको हत्या गरिसकेको छ ।
आइतबार टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले इजरायलले पूर्ण क्षमताका साथ हमास लडाकूविरुद्ध आक्रमण जारी राखेको बताउँदै यस आक्रमणमा अझै केही समय लाग्ने बताएका थिए। उनले हमासका विद्रोही समूहले ठूलो मूल्य चुकाउनुपर्ने बताएका थिए।
यसअघि सन् २०१४ मा हमास र इजरायलबीच भिषण युद्ध भएको थियो। तर यसपटकको विनाश सन् २०१४ को भन्दा विनाशकारी रहेको दुवै युद्ध देखेका गाजामा आपतकालीन सेवामा सक्रिय समिर अल–खातिबले बताए।
प्यालेस्टिनी विदेशमन्त्री रियाद अल–मलिकीले सुरक्षा परिषद्समक्ष इजरायली आक्रमण रोक्नेतर्फ तत्काल पहल गरिदिन आग्रह गरेका छन्। तर राष्ट्रसंघका लागि इजरायली राजदूत जिलाड एर्डानले राष्ट्रसंघसमक्ष इजरायलविरुद्ध आक्रमण रोक्न हमासलाई दबाब दिन आग्रह गरेका छन्।