image
image

घट्यो सोल्टी होटेलको नाफा 

काठमाडौं, ३ जेठ । सोल्टी होटलले सोमबार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार होटलको नाफा गत वर्षको तुलनामा घटेको हो ।  गत वर्ष १४ करोड ५ लाख ४७ हजार खुद नाफा गरेको होटलले चालु आवमा सोही अवधिमा १३ करोड ६६ लाख ३८ हजार खुद गरेको हो । 

होटलको चालु आवको कुल खर्च मात्र ४४ करोड ४९ लाख ७४ हजार भएको छ भने कुल आम्दानी ३० करोड ८७ लाख ४७ हजार रुपैयाँ मात्र गरेको विवरणमा उल्लेख गरिएको छ । पहिलो वर्षको कोरोना महामारीका कारण सम्पुर्ण होटलहरु प्रभावित भएका हुन् । होटलले सार्वजनिक गरेको विवरणमा कुल सम्पत्ति २ अर्ब १२ करोड ३० लाख रुपैयाँ ८९ हजार उल्लेख गरिएको छ ।

त्यस्तै, ८४ करोड २५ लाख ७९ हजार हाल चुक्तापुँजी रहेको होटलको जगेडा कोषमा ६७ करोड ५ लाख ६७ हजार सुरक्षित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७.९६ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।