निषेधाज्ञाको बीच पनि बढ्यो पेट्रोलको मूल्य, कति पुग्यो ?
काठमाडौँ । नेपाल आयल निगमले निषेधाज्ञाको बीच पनि इन्धनको मूल्य फेरि वृद्धि गरेको छ । मध्यराति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २-२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।
यस्तै नयाँ मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १२३, डिजेल तथा मट्टितेलको मूल्य १०६ र आन्तरिक हवाई इन्धनका लागि मूल्य प्रतिलिटर ७८ पुगेको छ । गत वर्ष लकडाउनका समयमा इन्धनको मूल्य निकै घटेको भएपनि यो वर्ष अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार वृद्धि भइरहेको जनाउँदै निगमले मूल्य वृद्धि गर्दै आएको छ ।