image
image

तरकारी बजारमा ६० प्रतिशत किसानका स्टल 

काठमाडौँ। किसानले उत्पादन गरेका वस्तुको बिक्री ग्यारेन्टीका साथ हुनेगरि कलंकीमा कृषि तथा फलफुल बजार संचालनमा आएको छ । शुक्रबार कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले सो बजारको उद्घाटन गरेकी हुन्। 

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले किसानले उत्पादन गरेको वस्तुको बजारको सुनिश्चितता गरिदिन यस्ता बजारले महत्वपुर्ण  भूमिका निर्वाह गर्ने बताईन। ‘एक जनाले मात्रै उत्पादन गर्दा बजार खोज्दै हिँड्नुपर्ने अवस्था हुन्छ । हामीले सामूहिकतामा चक्लाबन्दी मोडलमा तरकारी, फलफूल उत्पादन गर्‍यौं भने यस्ता बजार गाउँमा आफैं खोज्दै आउँछ,’ उनले भनिन्, ‘तपाईंहरूले उत्पादन गर्नुस्, कृषि मन्त्रालयले तपाईंहरूको गाउँमा संकलन केन्द्र दिन्छ ।’

६० प्रतिशत स्टल किसानकै रहेको बजारमा बजारभाउको तुलनामा १० प्रतिशत सस्तो मूल्य रहेको दाबी गरिएको छ । कृषकको प्रत्यक्ष स्टल रहेको बजारमा ११५ वटा स्टल छन् । यसमा ६० प्रतिशत किसानका स्टल रहेको बजारका सञ्चालक विजय केसीले बताए । ४० प्रतिशत भने वैदेशिक रोजगारबाट फर्केका युवा, पर्यटन व्यवसायी र शिक्षकको रहेको उनले जानकारी दिए । कलंकी तरकारी बजारमा पालुङ, धादिङ, नुवाकोट र ललितपुरका किसानले स्टल राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।