दुबईबाट सुन ल्याउने ५ युवा केन्द्रिय कारागारमा
काठमाडौँ, ३, सोमबार। युनाइटेड अरब इमिरेट्स ९यूएई० को दुबईबाट १ किलो ३ सय ९१ ग्राम सुन अवैध रूपमा नेपाल प्रवेश गराउँदै गर्दा पक्राउ परेका पाँच नेपाली श्रमिक केन्द्रिय कारागार, सुनधाराको ‘क्वारेन्टाइन’ मा बसेका छन्।
दुबईबाट अवैध रूपमा स्पीकरमा लुकाएर सुन ल्याउने क्रममा बैशाख २० गते गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका रामबहादुर तामाङ र सुमित तामाङ तथा कास्कीका राजु बिक पक्राउ परेका थिए।
उनीहरुलाई १० देखि २० लाखसम्म धरौटी तोकिएको थियो। उनीहरूलाई धरौटी तिर्न नसकेपछि त्रिभुवन विमानस्थलको भन्सार महाशाखाले बैशाख २३ गते केन्द्रिय कारागार पठाएको अधिकृत भरतराज अधिकारीले बताए ।
‘क्वारेन्टाइन’ अवधि पुरा नहुँदासम्म उनीहरूको मुद्धाको सुनुवाई हुनेछैन।