ललितपुरमा करिब पाँच सयवटा अक्सिजन सिलिन्डर बेवारिस अवस्थामा
काठमाडौँ, ३, सोमबार । कोरोना भाइरस संक्रमितको संख्या अत्याधिक बढेसँगै गम्भीर बिरामीको संख्यामा वृद्धि भएपछि अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको छ । सिलिन्डरको अभावले गर्दा समयमै अक्सिजन आपूर्ति हुन नसकेको धारणा सरकारी पक्षले राखिरहँदा ललितपुरमै करिब पाँच सयवटा अक्सिजन सिलिन्डर बेवारिस अवस्थामा फेला परेको छ ।
भैंसेपाटी जाने बाटोमा पर्ने मल पोखरीस्थित खाली जग्गामा ती करिब पाँच सय सिलिन्डर त्यत्तिकै फ्यालिएको अवस्थामा पाइएको हो । समाजसेवी अन्सु यादवका अनुृसार उनलाई एकजना मित्रले ती सिलिन्डरको विषयमा जानकारी गराएका हुन्।
‘कोरोना महामारीमा अक्सिजनको अभाव हुने बिरामीलाई मैले अक्सिजन उपलब्ध गराएर सहयोग गर्दै आएको छु, त्यो थाहा पाएर मल पोखरीतिर बस्ने मेरो एकजना साथीले मलाई ती सिलिन्डरबारे जानकारी दिएका हुन्, ।
आफूहरु त्यहाँ पुग्दा फिल्डमा त्यत्तिकै ती सिडिण्डर फ्यालिएको अवस्थामा फेला परेको उनले बताए । छरछिमेकमा सोध्ने प्रयास गरे पनि कोही घरबाट ननिस्केको कारण सिलिन्डर कसको हो भन्ने पत्ता लगाउन नसकेको यादव बताउँछन् ।
उनले करिब पाँच सयको संख्यामा ती सिलिन्डर रहेको र धेरैजसो काम लाग्ने अवस्थाकै रहेको पनि बताए ।