image
image

मास्क उत्पादन गर्दै मानवसेवा आश्रम

काठमाडौँ, ३, सोमबार । असहाय अशक्तलाई आश्रम दिंदै आएको मानव सेवा आश्रमले मास्क उत्पादन सुरु गरेको छ। आश्रितहरुका लागि आवश्यक खाद्यन्नका लागि रकम जुटाउनका लागि भन्दै आश्रमले मास्क उत्पादन गरेको हो। 

सँधै दान र चन्दाबाटमात्र भन्दा पनि दीर्घकालिन आम्दानीको स्रोत जुटाउन सानो प्रायस स्वरुप मास्क उत्पादन सुरु गरिएको आश्रम सञ्चालकमध्येका एक सुमन मानवसेवाले जानकारी दिए। 

देशभर २३ वटा आश्रम रहेको मानवसेवाका काठमाडौंमा मात्र पाँचवटा छन्। सबैमा गरी १ हजार ६ सय आश्रति रहेको उनले जानकारी दिए। 

आत्मनिर्भर हुनुपर्छ भन्ने मनमा चाही छ तर तत्काल ठूलो काम सम्भव छैन। सुरुवात सानैबाट भएपनि गरौं भनेर हाम्रा सक्षम लक्ष्मीनारायणहरुको साथमा मास्क उत्पाद सुरु गरेका छौं । हाम्रो उत्पादन मुल्य २ रुपैयाँ परेको छ । 
 
आश्रमले उत्पादन गरेका मास्कको बिक्री वितरणमा सहयोग गरिदिन पनि उनले आग्रह गरेका छन्। बिक्री वितरणमा सहयोग गर्न चाहनेका लागि  ९८४३३४७६०७ फोन नम्बरमा सम्पर्क गर्नसकिने उनले जानकारी दिए। 

सामन्य अवस्थामा देशभित्रकै मान्छेहरुले सहयोग गरेर आश्रमको खाद्यन्न व्यवस्थापन हुँदै आएपनि लकडाउनपछि रोकिएको उनले जानकारी दिए। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।