image
image

५४.२६ अंकले बढ्यो नेप्से , यी हुन् आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनी

काठमाडौं । आज  साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेको छ । आज नेप्से ५४.२६ अंकले बढेर दुई हजार सात सय ३८ दशमलब ३५ विन्दुमा रोकिएको  हो ।त्यस्तै, आज १० अर्ब ४० करोड ३८ लाख  ७९ हजार बराबरको कारोबार भएको छ भने आज नौ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।  

शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना, शिखर इनस्योरेन्स कम्पनी, समता घरेलु लघुवित्त वित्तिय संस्था, प्रोग्रेशिभ फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, बिशाल बजार कम्पनी र सिन्धु विकास बैंक रहेका छन् । 

यो दिन रूरू जलविद्युत परियोजनाको शेयरमूल्य १० प्रतिशतले र अन्य सात कम्पनीको ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको हो । रूरू जलविद्युत परियोजनाको प्रतिकित्ता रू. ८० ले बढेर यो दिन अन्तिम मूल्य रू. ८८० कायम भएको छ । त्यस्तै शिखर इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशत, समता घरेलु लघुवित्तको ९ दशमलव ९५ प्रतिशत , सप्तकोशी डेभलपमेण्ट बैंकको ९ दशमलव ९० प्रतिशत, प्रोग्रसिभ फाइनान्सको ९ दशमलव ९० प्रतिशत, बरुण हाइड्रोको ९ दशमलव ८३ प्रतिशत , आइएमई जनरल इन्स्योरेन्सको ९ दशमलव ४१ प्रतिशत र विशाल बजार कम्पनीको ९ दशमलव ३५ प्रतिशत शेयरमूल्य बढेको छ ।

यो दिन शिखर इन्स्योरेन्सको प्रतिकित्ता रू. १९३ ले बढेर अन्तिम मूल्य रू. २ हजार १२८, समता घरेलु लघुवित्तको प्रतिकित्ता रू. ११६ ले बढेर अन्तिम मूल्य रू. १ हजार २८२, सप्तकोशी डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. २० ले बढेर अन्तिम मूल्य रू. २२२, प्रोग्रेसिभ फाइनान्सको प्रतिकित्ता रू. २० ले बढेर अन्तिम मूल्य रू. २२२, बरुण हाइड्रोको प्रतिकित्ता रू. २९ ले बढेर अन्तिम मूल्य रू. ३२४, आइएमई जनरल इन्स्योरेन्सको प्रतिकित्ता रू. ११२ ले बढेर अन्तिम मूल्य रू. १ हजार २६० र विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ५५५ ले बढेर अन्तिम मूल्य रू. ६ हजार ४७९ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।