नेपाल राष्ट्रिय फुटबल टोलीमा पाँच नयाँ खेलाडी छनोट
काठमाडौँ, २, आइतबार । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि पाँचजना नयाँ खेलाडी छनोट भएका छन् ।
विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि एन्फाले बोलाएको बन्द प्रशिक्षणमा सुरजजिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनीष डाँगी पहिलोपटक टिममा परेका हुन् ।
उनीहरुले नेपाल राष्ट्रिय टोलीमा नयाँ स्थान बनाउँदा टिमका नियमित सदस्य गोलकिपर विकेश कुथु र मिडफिल्डर तेज तामाङ टिमबाट बाहिरिएका छन् ।
त्यस्तै, नेपाली टोलीबाट संजोक राई, छिरिङ गुरुङ, अजित भण्डारी, र त्रिदेभ गुरुङ पनि बाहिरिएका छन् ।
नेपाली टोलीको बन्द प्रशिक्षका लागि नवयुग श्रेष्ठ, अनन्त तामाङ, सुमन अर्याल, पुजन उपरकोटी र नितिन थापा टिममा फर्किएका छन् ।