image

मोरङमा पछिल्लो १३ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २, आइतबार । मोरङमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङमा पछिल्लो १३ घण्टामा विभिन्न अस्पतालमा उपचाररत चार महिला र आठ पुरुषको मृत्यु भएको हो।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहान १ बजेसम्ममा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ। नोबेल अस्पतालमा छोटो समयमै यति धेरै संक्रमितको मृत्यु भएको यो पहिलो पटक हो। 

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की ६४ वर्षीया वृद्धा महिलाको बिहान १ बजे मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २३ गते भर्ना गरिएको थियो। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अवस्था गम्भीर बन्दै गएकी वृद्धालाई उपचार जारी राखिएको भए पनि बचाउन सकिएन। 

विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुषको राति साढे ११ बजे मृत्यु भएको छ। दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएका उनलाई उपचारका लागि शनिबार दिउँसो मात्रै अस्पताल भर्ना गरिएको थियो। 

उदयपुरको बेल्टारका ५६ वर्षीय पुरुषको राति करिब ११ बजे नोबेलमै मृत्यु भएको जानकारी दाहालले दिए। उनका अनुसार मृतकलाई उपचारका लागि वैशाख २६ गते ल्याइएको थियो। 

विराटनगरकै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत तीन जना संक्रमितको मृत्यु  भएको छ। अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार मृत्यु हुनेमा एक वृद्धसहित दुई पुरुष र एक महिला छन्। 

मोरङको बूढीगंगा गाउँपालिकामा विराट शिक्षण अस्पतालले कोरोना संक्रमितको उपचारका लागि सञ्चालन गरेको कोभिड अस्पतालमा पछिल्लो समय दुई संक्रमितको मृत्यु  भएको छ। मृत्यु हुनेमा ३५ वर्ष मुनिका महिला र पुरुष रहेको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले बताए। उनका अनुसार पुरुषको आइतबार बिहान र महिलाको शनिबार राति मृत्यु भएको हो। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।