विवाह भोजले बाग्लुङमा फैलायो कोरोना, एकै परिवारका चारको मृत्यु
काठमाडौँ, २, आइतबार । बाग्लुङमा अहिले कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन्।
वैशाखको दोस्रो साता बडिगाड गाउँपालिका–४ मा भोजसहितको विवाह सम्पन्न भएको थियो। संयोग या लेखान्त, त्यसको केही दिनमै कोरोना संक्रमण पुष्टि भएर धौलागिरि अस्पतालमा उपचारकै क्रममा रहेका बेला वैशाख २३ गते विवाह भोज गर्ने परिवारका मुख्य अभिभावकको मृत्यु भयो। परिवारका अन्य सदस्य पनि संक्रमित भएका छन्। थप सहभागीको पिसिआर गर्दा ३१ जनाको स्वाब लिइएकोमा २५ जनामा संक्रमण पुष्टि भयो। यसले संक्रमण बढाउने कारण विवाह रहेको पुष्टिसमेत गर्दछ।
संक्रमणबाट बाबाको मृत्यु भएको एक सातापछि दुई छोराको संक्रमणकै कारण मृत्यु भएको हो।
कोरोनाकै कारण बडिगाडका एकै परिवारका चारजनाको मृत्यु भएको छ। धौलागिरी अस्पतालमा उपचाररत बडिगाड–४ का ४० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भयो। मृतकका ८७ वर्षीय बुबाको यसअघि सोही अस्पतालमा वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो। उनकै परिवारको अर्को ५२ वर्षीय छोराको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा बिहीबार रातिनै मृत्यु भएको छ। यस्तै शनिबार परिवारकै सदस्य ५३ वर्षीया महिलाको समेत धौलागिरि अस्पतालमा मृत्यु भएको छ।
यस क्रममै लापरवाही गरेको भन्दै विवाहमा धेरै जन्ती लगेपछि बाग्लुङ नगरपालिका–८ सिगानाबाट वैशाख २२ गते बेहुलाका बुबासहित जिल्ला प्रहरी कार्यालयले जन्ती गएको तीन सवारी नियन्त्रणमा लिएको थियो सातजना मात्रै विवाहमा सहभागी गराउन पाइने व्यवस्था सरकारले गरेको छ तर दुलाहा पक्षले झण्डै ३०० जन्ती लगेको थियो।
‘जिल्लामा संक्रमणको दर तीव्ररूपमा फैलनुमा विवाह, भोजभतेर तथा पूजाआजा हो,’ जिसीले भने, ‘सरकारले मात्रै गरेर हुँदैन, नागरिक सचेत नभएसम्म समस्या हुन्छ, राज्यको नियम उल्लङ्घन हुँदा समस्या हुन्छ।’
ताराखोलामा समेत विवाह भोजकै कारण कोरोना बढी फैलिएको पाइएको छ। जिल्लामा कोरोनाको दोस्रो लहर शुरु भएर संक्रमण तीव्र फैलिन थालेपछि आगामी जेठ १५ सम्म निषेधाज्ञा गरिएको छ। कोरोना बढ्नुको मुख्य कारण सामाजिक संस्कारजन्य कार्य भएकाले अब सबै सचेत र गम्भीर बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की बताउँछन्।
कोरोना संक्रमण फैलिँदो क्रममा छ, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिदिनुस् भनेर बारम्बार निर्देशन र अनुरोध गरिरह्यौँ तर नागरिकले बेवास्ता र लापरवाही गर्दै भिडभाड हुने कार्य गरेकैले अहिले डरलाग्दो अवस्था आएको छ,’ प्रजिअ कार्कीले भने, ‘अब जेठ १ गतेदेखि विवाह घरमै सीमित राख्न निर्देशन गरिएको छ, अटेरी गरेमा तुरुन्तै कारबाही गरिनेछ।’