मर्चेण्ट बैंकर एशोसियसनले सदस्यहरूलाई ३ जना मात्रै कमर्चारी राखेर सेवा प्रवाह गर्न निर्देशन
काठमाडौँ, २, आइतबार । मर्चेण्ट बैंकर्स एसोसिएसन नेपालले थोरै मात्र कर्मचारी राखेर सेवा दिन मर्चेण्ट बैंकहरुलाई निर्देशन दिएको छ । एसोसिएसनले ग्राहकहरुलाई पनि अनलाइन मार्फत धितोपत्र कारोबार गर्न भनेको छ । बढीमा ३ जना कर्मचारीलाई मात्रै कार्यालय बोलाएर सेवा दिन पनि मर्चेण्ट बैंकहरुलाई निर्देशन दिएको हो ।
कोभिड महामारीको संकटले बिकराल रुप लिएको भन्दै अनलाइनमार्फत धितोपत्र कारोबार गर्नका लागि अत्यावश्याक सेवा मात्र प्रदान गर्न भनिएको हो । कार्यालयबाट हुने जनसम्पर्कका बाँकी सम्पूर्ण सेवाहरु हाललाई स्थगित गरिएको एसोसिएसनको भनाई छ ।
शुक्रबार धितोपत्र बोर्डले सेवा प्रवाह अनलाइनमुखी बनाउन आग्रहपछि एसोसिएसनले यस्तो निर्देशन जारी गरेको हो । एसोसिएसनले कोरोनामा विषम परिस्थितिमा सेवाग्राहीलाई सेयर खरिद बिक्री सम्बन्धी कार्य अनलाईन मार्फत गर्न तथा सेयर बिक्री गर्दा इडीआइएस मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।