सिद्धार्थ बैंकले अक्सिजन लोन प्रवाह गर्ने
काठमाडौँ । सिद्धार्थ बैंकले सिद्धार्थ अक्सिजन लोन नामक सौलियत कर्जा दिने भएको छ । बैंकले कोरोना भाइरस तीव्र गतिमा फैलिएर थुप्रै सवास्थ सामाग्री अभाव भएर विषम परिस्थिति सृजना भएकोले अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरु खरिद गर्नका लागि अक्सिजन लोन दिने भएको हो ।
बैंकले अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरु खरिद गर्नका हस्पिटल तथा नर्सिङ्ग होमहरुलाई सहुलियत कर्जा दिने भएको हो । अधिकतम १५ वर्ष कायम गरिएको उक्त कर्जा ब्याजदरको हकमा कर्जा अवधिभर नै आधार दर कायम गरिने र भविष्यमा केन्द्रिय बैंकबाट कुनै प्रकारको सहुलियत प्राप्त हुने भएमा सो समेत उपलब्ध गराइने बैंकले जनाएको छ । यसमा कुनै पनि किसिमको सेवा शुल्क तथा अन्य कमिशनहरु नलिइने बैंकले जनाएको छ।
थप जानकारीको लागि बैंकले ९८५१०७४८४८ मा सम्पर्ण गर्न वा [email protected] मा इमेल गर्न आग्रह गरेको छ ।