image
image

थाइल्यान्डद्वारा १७ थान अक्सिजन सङ्केन्द्रक हस्तान्तरण

थाइल्यान्डले दोस्रो लहरको कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन १७ थान अक्सिजन सङ्केन्द्रक प्रदान गरेको छ । 


थाइल्यान्डका जनताले थाई गुम्बा लुम्बिनीमार्फत उपलब्ध गराएका ती सङ्केन्द्रक नेपालका लागि थाइल्यान्डका राजदूत भोसिटा भोरासाले शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित एक सङ्क्षिप्त समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेको यहाँस्थित थाई दूतावासले आज जनाएको छ । 


थाइल्यान्डका जनताबाट प्राप्त उक्त सहयोग नेपाल र थाइल्यान्डबीचको आत्मीय एवम् सद्भावपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।