image
image

मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग

भक्तपुर १ जेठ : मध्यपुरथिमि नगरपालिकाले रु. ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन गरी आजबाट कोभिड–१९ का बिरामीलाई दिन शुरु गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको टोलीले गएराति १० बजेसम्म अस्पतालमा बसेर उत्पादन परीक्षणको अवलोकन गरेको थियो । परीक्षण सफल भएपछि प्लान्टबाट अक्सिजन पाइप मार्फत बिरामीको शय्यामा पुरयाएर अक्सिजन वितरण गर्न थालिएको हो ।


प्लान्टबाट उत्पादित अक्सिजन अस्पतालको आइसियू, हाइ केयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का २४ बिरामीलाई दिन थालिएको हो । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “नेपाल मै पहिलो पटक यो अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्ने एयर बेस अक्सिजन प्लान्ट जडान गर्न सफल भएका छौ, अहिलेको अभावमा यसले धेरै राहत दिएको छ ।”

एकदिन अघिसम्म अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन अक्सिजनको खोजीमा सीसीएमसीदेखि स्वास्थ्य मन्त्रालय, अक्सिजन कम्पनीसम्म धाउने, एउटा सिलिण्डर खोज्दै बिरामी बचाउन व्यस्त रहनुपर्ने अवस्थाबाट अलिकति राहत मिलेको उहाँको भनाइ छ । हाल चीन र अष्ट्रेलियामा मात्रै जडान भएर सञ्चालनमा आएको एयर बेस अक्सिजन प्लान्ट नगरपालिकाले चीनबाट दुई महिना लगाएर ल्याएको हो ।


प्रति घण्टा आठ हजार लिटर अक्सिजन उत्पादन गर्ने यो प्लान्टबाट २४ घण्टामा १ लाख ९२ हजार लिटर अक्सिजन उत्पादन हुनेछ । यसले आइसियू, हाइकेयर युनिट र भेन्टिलेटरका २४ बिरामीलाई अक्सिजन पुग्छ । आकस्मिक कक्षलगायतका ठाउँमा राखिएका १९ बिरामीलाई दैनिक ३० सिलिण्डर अक्सिजन आयात गरे पुग्ने छ । विगतमा दैनिक ९० सिलिण्डर अक्सिजन खपत हुने गरेको थियो ।

हाल सात भेन्टिलेटर, १० आइसियू, १४ हाइकेयर युनिटसहित ४२ शय्या सञ्चालन गर्दै आएको यो अस्पताललाई काठमार्डौ महानगरपालिकाले थप तीन भेन्टिलेटर सहयोग गर्ने भएको छ । बाबा सकहकारीको नेतृत्वमा मध्यपुरथिमि भित्र सञ्चालित केही सहकारीले हाइकेयर युनिटका लागि १० वटा मोनिटर सहयोग गर्ने भएका छन् । त्यस्तै एन्फो गैरसरकारी संस्थाले १० शय्या, टेबल, मोनिटर, तीन वटा इसिजि, पिपिइ, स्यानिटाइजर लगायतका सामाग्री सहयोग गरेको छ । रासस 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।