image
image

फोहोर फाल्ने टिपरले बोक्छ कोरोना संक्रमितको शव 

काठमाडौँ, १, शनिबार। बाजुरामा शव वाहन नहुँदा कोभिडबाट मृत्यु भएकालाई फोहोर फाल्ने टिपर र यात्रु बोक्ने जिपमा बोकेर लैजान गरिएको छ । जिल्लाभरी शव वाहन नहुँदा बडिमालिका नगरपालिकाको फोहोर बोक्ने टिपरले शव बोक्ने गरेको हो । केही दिन अघि नगरपालिको यात्रु बोक्ने जिप भाडामा लिएपछि अहिले त्यहि जिपले शव घाटसम्म पुयाउने गरेको छ ।

जिल्ला अस्पताल बाजुरा तथा सदरमुकाम मार्तडी शव वाहन र एम्बुलेन्स नहुँदा कोरोनाका बिरामी समस्या भोग्नु परेको छ । जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डा. प्रकाश जोशी गत आर्थिक वर्षमा एम्बुलेन्स र शव वाहन खरिदका रकम आए पनि खरिद गर्न नसक्दा रकम फिर्ता भएको बताउनुहुन्छ ।

यो वर्ष पनि एम्बुलेन्स र शव वाहान खरिदका लागि बजेट आएको जानकारी दिँदै जोशाीले खरिदको प्रक्रियामा रहेको बताउनुभयो । खरिदका लागि प्रदेश सरकारले १५–१५ लाख रुपैयाँ रकम अस्पताललाई पठाएको छ । प्रक्रियामै रहेकाले अस्पतालमा आइपुग्न एकरदुई महिना लाग्ने जोशीको भनाइ छ । आएको बजेट कार्यान्वयन गर्न नसकेको भन्दै अस्पतालप्रति स्थानीय सरकार र जनताले कडा आलोचना गरेका छन् ।

बाजुरामा कोरोना कहर सुरु भएदेखि अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।