थाइल्यान्डद्वारा नेपाललाई १७ थान अक्सिजन सङ्केन्द्रक प्रदान

काठमाडौँ, १, शुक्रबार । कोरोना भाइरस महामारी विरुद्धको नेपालको लडाइँमा सघाउ पुर्याउन थाइल्यान्डले १७ थान अक्सिजन सङ्केन्द्रक प्रदान गरेको छ ।
थाइल्यान्डका जनताले थाई गुम्बा लुम्बिनीमार्फत उपलब्ध गराएका ती सङ्केन्द्रक नेपालका लागि थाइल्यान्डका राजदूत भोसिटा भोरासाले शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित एक सङ्क्षिप्त समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेको यहाँस्थित थाई दूतावासले आज जनाएको छ ।