image
image

आइतबारदेखि यी स्थानमा दिइनेछ भेरोसेल खोपको दोस्रो डोज

काठमाडौं। आइतबार जेष्ठ २ गतेदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको मात्रा दोस्रो डोज लगाइने भएको छ।

यसको लागि काठमाडौ‌ महानगरपालिकाका ३२ वटा वडा सहित अन्य नगरपालिकामा १/२ वटा खोपकेन्द्र तय गरिएको छ।

सूचना अनुसार चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले जेठ २ गते, चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन्। यस्तै, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते दोस्रो डोज लिन सक्नेछन्।

बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० गते र बैशाख १५ गते खोप पहिलो डोज लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्।

 कहाँ छन् खोप केन्द्र ?

दोस्रो डोज लिन जाँदा पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड अनिवार्य रुपमा लग्नु पर्नेछ। पहिलो डोज लगाएको मिति अनुसार दोस्रो डोज लगाउने तालिका बनाइएको छ। पहिलो डोजको खोप लिएकाहरुले बिहान १० बजे देखि बेलुका ४ बजेसम्म नजिकको खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।